Logo
Logo

बाजुरामा कांग्रेसका बद्री पाण्डेलाई अग्रता


12.1k
Shares

बाजुरा । बाजुरामा मतगणनाको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिएका छन् ।

६५० मत गणना गर्दा बद्री पाण्डेले ३८१ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार कर्ण थापाले २४७ मत पाएका छन् ।

४ मंसिरमा भएको चुनावमा बुथ क्याप्चर गरेको भन्दै कांग्रेस र एमालेले एक अर्कालाई आरोप लगाएपछि त्यहाँ मतगणना सुरु हुन सकेको थिएन ।

निर्वाचन आयोगले स्थलगत अध्ययन गर्दै मतगणना गर्न निर्देशन दिएपछि त्यहाँ मतगणना सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्