काठमाडौं । बम्पर गार्ड राख्ने ५७४ ओटा सवारी साधनलाई ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बिहीबार कारवाही गरेको छ । बम्पर गार्डका कारण दुर्घटनामा क्षती बढेको भन्दै ट्राफिक प्रहरीले यसमा कडाई थालेको हो ।
सवारी साधनमा जडान गरिएको फलामको बम्पर गार्डले गर्दा बम्परमा जडान भएका एयर ब्यागको सेन्सरले काम नगर्ने हुँदा चालक तथा यात्रुको ज्यान जोखिममा परेको साथै सवारी दुर्घटना हुँदा बम्फर गार्डका कारण पैदल यात्रुलाई बढीक्षतिहुने भएकोले यसलाई हटाउने अभियान थालिएको छ ।
काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीकार्यालयमा २०७९ मंसिर ९ गते आयोजना गरिएको पत्रकार सम्मेलन मार्फतमंसिर १४ गतेभित्र सवारी साधनमा राखीएको बम्फर गार्ड हटाउन भनिजानकारी गराइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए । गाडी ठोक्किदा क्षती कम होस् भनेर धेरैले बम्बर गार्ड राख्ने गर्दछन् । सुरुमा गाडी निर्माणकै क्रममा राखिएका बाहेक बम्पर हटाउन ट्राफिक प्रहरीले निर्देशन दिएको छ ।