Logo
Logo

काठमाडौंका एक खतरनाक चोर, जसले अदालतमा ४५ लाख बुझाए


15.6k
Shares


काठमाडौं । काठमाडौंका एक खतरनाक पटके चोरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति यस्ता हुन् जो यसअघि चार पटक पक्राउ परी छुटे । जसक्रममा उनले करिब ४५ लाख रुपैयाँ धरौटी बुझाए ।


गोकर्णेश्वर नगरालिका ४ सुन्ताखान स्थायी घर भई जोरपाटी बस्ने ४२ वर्षिय राजु तामाङलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । मंगलबार साँझ गोकर्णेश्वर नगरपालिका र बूढानीलकण्ठ नगरपालिका १० विवेक चोकस्थित वडा एरियाहरुमा दिनको समयमा चोरी गरेका थिए ।


तत्कालै प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट चार लाख ८१ हजार नगद बरामद भएको काठमाडौं परिसरका एसपी दिनेशराज मैनालीले बताए । चोरीमा प्रयोग हुने फलामको रड, पिलास, पेनचिस, तार काट्ने कटर पनि प्रहरीले बरामद गरेको छ ।


उनी गत बैशाखमा मात्र ललितपुरमा पक्राउ परेका थिए । त्यतीबेला अदालतको आदेशमा २५ लाख रुपैयाँ धरौटी राखेर छुटेका थिए । त्यसपछि फेरि वानेश्वर क्षेत्रमा चोरी गरेकोमा पक्राउ परी तीन लाख धरौटी तिरेर छुटेका हुन् ।


पछिल्लो १० वर्षदेखि उनी चोरीमा संलग्न रहेको प्रहरी अधिकारी बताउँछन् । ३१ जेठ २०७२ मा स्वयम्भु वृत्तले पनि उनलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । २०७५ को असोजमा बौद्ध वृत्तले नै पक्राउ गरी मुद्दा दायर गरेकोमा १८ लाख धरौटी राखेर छुटेका हुन् । हालसम्म अदालतमा मात्र उनले ४५ लाख धरौटी बुझाएका छन् । पक्राउ पर्ने धरौटी बुझाउने र छुटेपछि फेरि सोही धन्दामा लाग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्