Logo
Logo

समानुपातिकमा एमाले १ लाख २८ हजार ६८९ मतले अगाडी, माओवादी तेस्रो


10.2k
Shares

काठमाडौं । यही मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ । आलसम्म प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) अग्रस्थानमा कायमै छ ।

एमालेले २७ लाख ७२ हजार ९८५ मत पाउँदा २६ लाख ४३ हजार २९६ मतसहित नेपाली कांग्रेस दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रले ११ लाख ६१ हजार १७३ मत पाएको छ ।

यस्तै, ११ लाख १९ हजा ४१६ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख ८५ हजार ८८७ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी (जसपा) चार लाख २० हजार ९२८ मत पाउँदै छौटौँ स्थानमा छ ।

जनमत पार्टी तीन लाख ९४ हजार ३४० मतसहित सातौँ, नेकपा (एकीकृत समाजवादी) दुई लाख ९४ हजार १८ मतसहित आठौँ, नागरिक उन्मुक्ति पार्टी दुई लाख ७१ हजार ६५७ मत पाउँदै नवौँ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक लाख ६७ हजार २७८ मतसहित दशौँ स्थानमा छ ।

अरू पार्टीले एक लाखभन्दा कम मत पाएका छन् । अहिलेसम्म एक करोड तीन लाख ७९ हजार ३५८ मत गनिएको छ ।

प्रतिक्रिया दिनुहोस्