काठमाडौँ – बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले राजीनामा दिएका छन् । कतारमा जारी फिफा विश्वकपको समूह चरणबाटै बाहिरिएपछि मार्टिनेजले बिहीबार रातिनै पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
समूह एफको अन्तिम खेलमा बिहीबार क्रोएसियासँग बराबरीमा रोकिएपछि विश्व वरीयताको दोस्रो नम्बरमा रहेको बेल्जियम समूहमा तेस्रो हुँदै बाहिरिन पुग्यो ।
बेल्जियम फुटबल संघले स्पेनका प्रशिक्षक मार्टिनजले राष्ट्रिय टिमको पद छाड्ने घोषणा गरेको पुष्टी गर्दै विश्वकपअघि नै यसबारे निर्णय भइसकेको समेत जनाएको छ ।