Logo
Logo

बाजुरामा रोकिएको मतगणना पुन: सुरु


3k
Shares

धनगढी । बाजुरामा मत गणनाको क्रममा उत्पन्न विवाद सुल्झिएपछि मतगणना पुन: सुरु गरिएको छ । यसअघि यहाँ मुुचुल्कामा रहेको भन्दा बढी मत पाइएपछि दलका प्रतिनिधिहरूबीच विवाद उत्पन्न भएको थियो ।

उम्मेदवार तथा दलका प्रतिनिधिहरूको समझदारीमा गणना पुन: सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभातर्फ हिमाली गाउँपालिका ६ धिममा मुचुल्काभन्दा ४० मत बढी भेटिएको एमालेको आरोप थियो भने प्रदेशसभा (२) तर्फ बुढीगंगा नगरपालिका ३ मतदान केन्द्रका पेटिकामा मुुचुुल्काभन्दा ९८ मत बढी पाइएको थियो दाबी कांग्रेस कार्यकर्ताहरूले गरेका थिए ।

चिर्वाचनमा खटिएका कर्मचारीले कम्प्युटरमा इन्ट्री गर्दा फरक पर्न गएको निष्कर्षमा समझदारी भएको हो ।

प्रतिक्रिया दिनुहोस्