Logo
Logo

स्याङ्जा-२ मा धनराज गुरुङको फराकिलो अग्रता


4k
Shares

स्याङ्जा । स्याङजा–२ मा सत्ता गठबन्धनका साझा तथा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले सुरूवातदेखि नै अग्रता कायम राखेका छन् । नलाई निकटम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पद्माकुमारी अर्यालले पछ्याइरहेका छन् ।

पछिल्लो मत परिणाम अनुसार गुरुङले २५ हजार ६५३ मत प्राप्त गरेका छन् भने एमालेकी अर्यालले २२ हजार २१३ मत प्राप्त गरेका छन् । उनीहरुबीच ३ हजार ४४० को मतान्तर रहेको छ ।

यसैगरी, स्याङ्जा–२ को प्रदेश सभा २ मा पनि नेपाली कांग्रेसका महेश भट्टराईले अग्रता कायम गरेका छन् ।

उनले १३ हजार ६२७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार बुद्धिमान श्रेष्ठले १२ हजार ३४५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्