Logo
Logo

कस्तो रहला आजको मौसम ?


1k
Shares

काठमाडौं । आज बिहान देशका पहाडी भू–भागका एक–दुई स्थानमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । राती बागमती प्रदेश, मधेस प्रदेश लगायत लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरुमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाले तराईका भू–भागमा हुस्सु लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्