Logo
Logo

आपराधिक गिरोहका सदस्यलाई पक्राउ गर्न १० हजार सुरक्षाकर्मी परिचालन


3.4k
Shares

एजेन्सी । एल साल्भाडोरको सोयापांगो सहरमा आपराधिक गिरोहका सदस्यलाई पक्राउ गर्न १० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । विशेष फौजले आपराधिक गिरोहका सदस्यलाई पक्राउ गर्न सोयापांगो सहरका घरघरमा खोजी कार्य सुरु गरेको छ ।

उक्त सहरतर्फ जाने सम्पूर्ण सडक अवरुद्ध भएका छन् । सुरक्षाकर्मीहरूले शहर छोड्ने प्रयास गर्ने सबैलाई रोकेका छन् र कागजातहरू जाँच गरिरहेका छन् ।

हालसम्म १२ जना पक्राउ परेको त्यहाँको न्यायमन्त्रीले बताए । सोयापांगो एल साल्भाडोरको सबैभन्दा ठूलो शहरमध्ये एक हो । त्यहाँ २ लाख ९० हजारभन्दा बढी मानिसहरू बसोबास गर्छन् । राजधानी सान साल्भाडोरबाट मात्र १३ किलोमिटर (८ माईल) पश्चिममा रहेको यो सहर लामो समयदेखि गिरोह गतिविधिको केन्द्रको रूपमा परिचित छ ।

प्रतिक्रिया दिनुहोस्