Logo
Logo

गठबन्धनमा दायाँबायाँ हुँदैन : प्रचण्ड


17.2k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन नटुट्ने स्पष्ट गरेका छन् । आइतबार बसेको पार्टीको पदाधिकारीको अनौपचारिक बैठकमा उनले सत्ता गठबन्धन दायाँबायाँ नहुने स्पष्ट गरेका हुन् ।

सत्ता गठबन्धनका चार दल र लोसपासहित मिलेर चुनाव लगिएको स्मरण गर्दै प्रचण्डले गठबन्धन र तालमेलको भावनाअनुसार नै नयाँ सरकार बन्ने बताए । उनले गठबन्धनबाट पार्टी दायाँबायाँ नहुने भएकाले सोहीअनुसार आफ्नो गतिविधि गर्न पनि नेताहरूलाई निर्देशन दिएका छन् ।

बैठकमा प्रचण्डले भने, ‘हामी गठबन्धनकै पक्षमा छौँ र हुन्छौं । हामी गठबन्धन भन्दा दायाँबायाँ गर्ने स्थितिमा छैनौ । यसरी जाँदा कसैले लाञ्छना लगाउने भन्ने पनि हुँदैन । यो कुरालाई तपाईँहरुले चिरेर जानुस् ।’

प्रतिक्रिया दिनुहोस्