Logo
Logo

सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता छन् एजेण्डा


5.4k
Shares

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । गठबन्धनले चुनावपछि पहिलो बैठक आज (सोमबार) दिउँसो ३ बजेका लागि बोलाएको हो ।

बैठकमा चुनावको समीक्षा गर्नुका साथै अब कसरी अघि बढ्ने भन्ने बारेमा छलफल हुने गठबन्धनका एक नेताले बताए । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।

भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनमा आबद्ध दल कांग्रेसले ५७ सिट, माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेको छ ।

प्रतिक्रिया दिनुहोस्