Logo
Logo

कस्तो रहला आजको मौसम ?


441
Shares

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंगलबार पनि प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

त्यस्तै काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९–२० डिग्री सेलिसयससम्म पुग्ने मौसमविद् वरुण पौडेलले बताए ।

उनका अनुसार आज देशका कुनै पनि भू–भागमा हिमपात तथा वर्षाको सम्भावना छैन । यद्यपि, चिसो बढ्दै गएको छ । तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्