Logo
Logo

मूल्य समायोजनपछि सानिमा बैंकको सेयर भाउ २४७.१८ रुपैयाँ पुग्यो


1k
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले बैंकको १० प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपछि बैंकको सेयर मूल्य २४७ रुपैयाँ १८ पैसा कायम भएको छ । अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको सेयर मूल्य समायोजन भएको थियो । अघिल्लो कारोबार दिन (आइतबार) बैंकको सेयर प्रतिकित्ता २७१ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो। नयाँ मूल्यलाई आधार मानेर आज बैंकको सेयर कारोबार खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्