Logo
Logo

विश्वकपमा आज प्रि-क्वाटरफाइनलका दुई खेल हुँदै


6.2k
Shares

काठमाडौं । विश्वकप फुटबल–२०२२ अन्तर्गत आज प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेलहरु हुँदैछ । आज हुने पहिलो खेलमा मोरोक्कोले स्पेनसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै उपाधि दाबेदार मानिएको स्पेन प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ । यता मोरक्कोको पनि यही योजना हुनेछ ।

आज नै हुने अर्को खेलमा उपाधि दाबेदार टोली पोर्चुगलले स्वीजरल्यान्डसँग खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समयअुनसार राति १२ः४५ मा सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगल प्रतियोगिताको क्वाटरफाइनलमा पुग्ने योजनामा छ । यता स्वीजरल्यान्डको पनि यही योजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्