Logo
Logo

विवाह क्यान्सिल भएपछि युवतीले गरिन् केटाको घरमा आत्महत्या


6k
Shares

काठमाडौं । इन्गेजमेन्ट तोडिएपछि बानेश्वरकी एक युवतीले केटाको घरमा पुगेर आत्महत्या गरेकी छन् ।

विवाह गर्ने सहमतिपछि गरेको इन्गेजमेन्ट रद्द भएपछि बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा पुगेर पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएकी हुन् । उनलाई प्रहरीले तत्काल उद्धार गरेर कीर्तिपुरस्थित वर्न अस्पताल पठाएको थियो । तर, उनको सोमबार बिहान मृत्यु भएको हो ।

केही समयदेखि प्रेम सम्बन्धमा रहेका पुष्पा र झापा घर भई धुम्बाराही बस्ने सुधन संग्रौलाबीच परिवारकै सहमतिमा इन्गेजमेन्ट भएको थियो । तर, यही बीचमा उनीहरुको सम्बन्धमा दरार आएपछि गत शनिबार इन्गेजमेन्ट रद्द गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

परिवारकै सहमतिमा इन्गेजमेन्ट रद्द गरिए पनि आइतबार साँझ पुष्पाले सुदनको घरमा पुगेर आत्मदाह गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्