Logo
Logo

खेम्काविरुद्ध अख्तियारमा उजुरी


2.4k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वर्षौँदेखि शिवप्रसाद खेम्काको कब्जामा रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवश्यक उपकरण र सामग्री खरिद गर्दा खेम्काले आफ्नो फर्म महावीर इन्टरनेशनल प्रालिलाई सेटिङमा टेण्डर पार्दै आएका छन् ।

समाचार स्रोतका अनुसार कात्तिक २१ तते खोलिएको ब्यागेज एक्सरे मेसिनको टेण्डर पनि खेम्कासँगको साँठगाँठमा सूचना प्रकाशित गरिएको छ । वर्षौँदेखि त्रिभुवन विमानस्थलका महाप्रबन्धकदेखि प्राविधिक टोलीसँग सेटिङ गर्दै आएका खेम्काले एनसिबी÷४०÷प्रोसेस एक्सरे मेसिनको ठेक्का हात पार्न आफ्नो कम्पनीसँग मिल्दो ‘स्पेशिफिकेशन’ बनाउन सफल भएका छन् ।

वर्षौदेखि उपकरण र सामग्री खरिदमा करोडौं भ्रष्टाचार हुँदासमेत नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरुमाथि कारबाही भएको छैन । अहिले पनि उक्त मेसिनविरुद्ध अख्तियारमा उजुरी परेको छ ।

मंसिर १३ गते एक्सरे मेसिन खरिदमा भ्रष्टाचार हुन लागेकोले छानविन गर्न प्राधिकरणकै कर्मचारीले अख्तियारमा उजुरी दिएको खबर छ । तर, अख्तियारले उजुरीप्रति वेवास्ता गर्दा वर्षौदेखि खेम्काको रजगज चलेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्