Logo
Logo

बिहे भोज खाएका ८५ जना बिरामी


1.2k
Shares

काठमाडौं । बिहेमा भोज खाएपछि पाल्पा र प्यूठानका ८५ जनाभन्दा बढी बिरामी परेका छन् ।

गत शनिबार गत शनिबार पाल्पाको बगनासकारी गाउँपालिका चिर्तुङधारा घोरबन्दास्थित दानबहादुर गाहाकी छोरीको बिहेमा भोज खाएका ८५ जनाभन्दा बढी बिरामी परेका हन् ।

बिहेमा भोज खाएका पाल्पाका ४० जनाभन्दा बढी र पाल्पामा जन्ति आएर फर्किएका प्यूठानका अन्य ४५ जना बिरामी परेको स्थानीयले बताएका छन् ।

उनीहरूमा ज्वरो, पेट दुख्ने, टाउको दुख्ने, पखाला लाग्रे, बान्ता आउने समस्या देखिएपछि उपचारका लागि जिल्ला अस्पताल बिजुवार भर्ना भएका जिल्ला प्रशासन कार्यालय प्युठानका सूचना अधिकारी मेघराज सोनीले जानकारी दिए । उनीहरुको अवस्था भने सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्