Logo
Logo

काभ्रेमा रेबिज प्रभावित क्षेत्रमा खोप


189
Shares

बनेपा । काभ्रेको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको रेबिज रोगका कारण पशुचौपाया मरेपछि स्थानीयलाई रेबिजविरुद्ध खोप दिन थालिएको छ । कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण केही दिनअघि दुई गाउँमा दुई गाई मरेका थिए ।

महाभारत– १ को गोकुले र ८ नं वडास्थित घर्तीछापका स्थानीयलाई रेबिजविरुद्धको खोप दिन थालिएको जनाइएको छ । सोमबार साँझसम्म १९ स्थानीयलाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा। पुरुषोत्तम सेढाईंले जानकारी दिए । उनका अनुसार उक्त रेबिज प्रभावित क्षेत्रमा १६० डोज खोप उपलब्ध गराइएको छ ।

उनका अनुसार मरेका दुई गाईका केही अङ्गहरू गाडिएको स्थानबाट निकालेर परीक्षण गर्दा शनिबार रेबिज रोगबाट गाई मरेको पुष्टि भएको हो । “हामी रोकथामका लागि थप अनुसन्धान गरिरहेका छौँ, स्थानीय स्वास्थ्यकर्मीमार्फत खोप लगाउन स्थानीयलाई प्रेरित गरिरहेका छौँ”, सेढाईंले भने । स्थानीयका अनुसार मासु खाएका कारण दुई गाउँका करिब ६० जना ‘ट्रेसिङ’मा परेको बताइन्छ । रासस

प्रतिक्रिया दिनुहोस्