Logo
Logo

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली


1k
Shares

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । आज बिहान देशको पहाडी भू–भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका साथै लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी रहनेछ । राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहनेछ ।

तराई भू–भागमा कुहिरो लाग्ने तथा देशका अधिकांश भू(भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्