Logo
Logo

आगामी २४ घण्टा चिसोबाट बच्न आग्रह


10.6k
Shares

काठमाडौं । देशभर चिसो बढ्दै गएको छ । मौसम विभागले दिनप्रतिदिन तापक्रम घट्दै र चिसो बढ्दै गएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

‘तराई भूभागमा हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ,’ महाशाखाले भनेको छ ।

यसैबीच आज बिहान ५ः४५ बजे गरिएको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको महाशाखाकी मौसमविद् बिनु महर्जनले जानकारी दिइन् । तर यो तापक्रम अहिले बिहान ८ः४५ बजे पुनःअपडेट गरिनेछ ।

उनका अनुसार अहिले तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको र काठमाडौँ उपत्यकामा पनि पारदर्शिता कम भएको छ । बिहानीपख देखिएको हुस्सुरकुहिरो भने घाम लागेसँगै हटेर जाने छ ।

प्रतिक्रिया दिनुहोस्