Logo
Logo

बाराही हाइड्रोपावरको आईपीओ खुला


945
Shares

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन सुरु गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको कुल ५ लाख ५४ हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।

कुल कित्तामध्ये ५ प्रतिशत अर्थात २७ हजार कित्ता शेयर सामुहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको छ । २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ५ लाख १५ हजार २२० कित्ता सेयर सर्वसाधारणका लागि खुलाइएको हो ।

आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्ने बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । उक्त आईपीओमा मंसिर २६ गतेसम्म आवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्