Logo
Logo

गण्डकीमा मुख्यमन्त्री को ?


16.3k
Shares

काठमाडौं । गण्डकी प्रदेशसभामा २७ सिटसहित नेपाली कांग्रेस पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ १८ सिट प्राप्त गरेको कांग्रेसले समानुपातिकतर्फ ९ सिटसहित प्रदेशकै ठूलो दल बनेको हो ।

प्रत्यक्षतर्फ १२ सिट प्राप्त गरेको एमालेले समानुपातिकतर्फ १० सिट प्राप्त गरेको छ । २२ सिटसहित गण्डकी प्रदेशसभामा एमाले दोस्रो दल बनेको छ । त्यस्तै माओवादी केन्द्रले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी ७ सिट प्राप्त गरेको छ । गण्डकीमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि हँसिया हथौडा चुनाव चिह्नमा १ सिट जितेको छ ।

गोरखा २(१) मा नेसपाका फणीन्द्र देवकोटा विजयी भएका थिए । उनी पनि माओवादीकै सांसद मानिने हुँदा गण्डकीमा माओवादीको ८ सिट हुने भएको छ । त्यस्तै गण्डकीमा राप्रपाले पनि समानुपातिकतर्फ २ सिट प्राप्त गरेको छ ।

गण्डकीमा मनाङ प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका राजीव गुरुङ नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरिसकेका छन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ २४ सांसद निर्वाचित हुन्छन् । गण्डकीमा सरकार बनाउन आवश्यक बहुमत संख्या ३१ हो ।

जसमा कांग्रेस एक्लैलाई सरकार बनाउन ४ सिट मात्र कम हुन्छ । त्यसमा सत्तारुढ गठबन्धनभित्रका माओवादीको ८ र नेकपा एसको १ सिट थपिएमा सहज रूपमा सरकार बन्ने देखिन्छ । अहिलेकै गठबन्धनले निरन्तरता पाए उनीहरूको पक्षमा ३६ सांसदको समर्थन जुट्नेछ । २२ सिट रहेको एमालेलाई भने राप्रपा र माओवादीको समर्थनमा मात्र सरकार बन्ने अवस्था सिर्जना भएको छ ।

मुख्यमन्त्री को ?

यसपटक प्रदेश तथा केन्द्र कतै पनि राजनीतिक दलले बहुमत पाएका छैनन् । प्रतिनिधी सभा र प्रदेश सभा दुवैमा खिचडी सरकार बन्ने भएको छ । विभिन्न स्वार्थ प्रेरित दलहरूले आफ्नो सत्ता वार्गेनिङ सुरु गरिसकेका छन् । राजनिति अत्यन्त तरल छ । कसले सरकार बनाउँछ ? को को मिल्छन् भन्न नसकिने अवस्था छैन ।

तथापी गण्डकी प्रदेशमा अबको मुख्यमन्त्री को भन्ने विषयमा बहस सुरु भएको छ । त्यसका लागि गण्डकीमा कांग्रेसबाट ३ नेताको प्रतिस्पर्धा देखिन्छ । पूर्वमन्त्री विन्दुकुमार थापा, सुरेन्द्र पाण्डे र महेन्द्रध्वज जिसी मुख्यमन्त्रीको प्रवल दावेदारका रुपमा उभिएका छन् ।

पाण्डे र थापा दुवै जना संस्थापक समूह अर्थात देउवा समूहका हुन् । जि.सी शेखर कोइराला समूहका हुन् । यता नेकपा एमालेबाट खगराज अधिकारी मुख्यमन्त्रीका आकांक्षी छन् । उनी मुख्यमन्त्री पाउने आशासहित केन्द्रबाट प्रदेश झरेका हुन ।
आकांक्षीलाई केन्द्रको अशिर्वाद कस्को शिरमा पर्छ त्यहि नै मुख्यमन्त्री बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस्