Logo
Logo

चोलेन्द्रलाई छिर्न नदिन सर्वोच्चकाे गेटमा धर्ना


945
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको मुख्य गेटमा धर्ना दिने भएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च प्रवेश गर्न नदिन धर्ना दिने भएको हो ।

संसद सविालयका महासचिव डा. भरतराज गौतमले महाअभियोग निष्क्रिय भएको पत्र थमाएसँगै राणा आज दिउँसो सर्वोच्च आउने तयारीमा छन् । राणा सर्वोच्च आउने भनेपछि नेपालबारको आकस्मिक बैठक बसेको थियो । नेपाल बारले चोलेन्द्रलाई यसअघि पनि सर्वोच्च प्रवेशमा रोक लगाउँदै आएको थियो ।

नेपाल बार एशोसिएनका महासचिव अञ्जिता खनालले संसदको महासचिवले राणालाई क्लिन चिट दिनु ऐन नियमविपरीत भएको बताएका छन् । उनले संसदको महासचिवसँग त्यो अधिकार नभएको भन्दै ‘असंवैधानिक’ भएको बताए ।

प्रतिक्रिया दिनुहोस्