Logo
Logo

महाअभियोग प्रस्ताव निष्क्रिय पार्ने अधिकार कसैसँग छैन : देव गुरुङ


3.2k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले संसद सचिवालयका महासचिवलाई महाअभियोग प्रस्ताव नै निष्क्रिय पार्ने अधिकार नभएको बताएका छन् ।

चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै संसदका महासचिव डा. भरतराज गौतमले ‘क्लिन चिट’ दिएपछि महासचिव गुरुङले संसदले निर्णय गर्नुपर्नेबारे महासचिवले निर्णय गर्न नपाउने बताए ।

उनले भने, ‘महासचिवको जुन पत्र हो, त्यो अवैधानिक र गैर कानूनी छ ।’ गुरुङले महाअभियोग प्रस्ताव निष्क्रिय पार्नुअघि सभामुखसँग पनि सल्लाह नगरको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्