Logo
Logo

मुख्यमन्त्रीका रूपमा कार्यकाल दोहोर्‍याउन मन छ : राजेन्द्र राई


4.5k
Shares

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले अब गठन हुने नयाँ सरकारमा आफू पनि मुख्यमन्त्रीको दाबेदार रहेको बताएका छन् ।

विराटनगरमा आज प्रदेश जनस्वास्थ्य प्रयोगशालाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उनले मुख्यमन्त्रीका रूपमा आफूलाई कार्यकाल दोहोराउन मन लागेको बताए ।

हालै सम्पन्न निर्वाचनमा मुख्यमन्त्री राई सत्ता गठबन्धनको तर्फबाट भोजपुर १ (१) को प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका थिए ।

यस प्रदेशसभामा प्रत्यक्षतर्फ एमालेले २५, कांग्रेसले १७, नेकपा माओवादी केन्द्रले नौ, नेकपा एकीकृत समाजवादीले तीन र राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई स्थानमा जीत हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्