Logo
Logo

अनेकतामा एकता नै देशको पहिचान हो : प्रदेश प्रमुख खापुङ


945
Shares

काठमाडौं । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले नेपालीका हरेक चाडपर्वले सामुहिकतामा एकता खोजेको बताएका छन् ।

किराँत समुदायको पर्व उधौली तथा नेवार समुदायले मनाउने योमरी पुन्हिका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृर्तिक सभ्यताले भरिपुर्ण देश भएको र अनेकताका एकतानै देशको पहिचान रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक र विविधताले भरिपूर्ण देश हो । अनेकतामा एकता नै देशको पहिचान हो । प्रकृतिसँग सम्बन्धित नेपालमा यामसँगै शुरु हुने चाडहरूले देशलाई रङ्गिन बनाएको छ ।’

उधौली पवर्मा चिसोमा लेकदेखि वेशीतर्फ झर्ने, आफुले उब्जाएको अन्नबाली चढाएर खाने तथा प्रकृतिसंग जोडिएकाले यिनिहरुले मानिसमा एकता कायम गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्