Logo
Logo

जन्मदिनमा मेलिनाले गरिन् अनाथ बालबालिकाका लागि १ लाख सहयोग


1.8k
Shares

काठमाडौं । लोकप्रिय गायिका मेलिना राईले आफ्नो जन्मदिनमा अनाथ बालबालिकालाई अर्थिक सहयोग गरेर मनाएकी छिन् ।

२ हजार २ सय बढी गीतमा स्वर भरिसकेकी सुमधुर स्वरकी धनी गायिका मेलिना राईले मंसिर २१ गते बुधबार परेको आफ्नो जन्मदिनमा राजधानीको गोकर्णस्थिति संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा रहेका अनाथ बालबालिकाबीच जन्मदिन मनाएकी हुन् ।

उनले केन्द्रमा रहेका ५७ जना बालबालिकाका लागि १ लाख लाख १० हजार आर्थिक सहयोग प्रदान गर्दै खाना खुवाएर आफ्नो जन्मदिन मनाएकी हुन् । साथै उनले बालबालिकाहरुसँगै केक काटेर गीत गाउँदै खुसियाली साटासाट गरेकी थिइन्।

संस्थाका अध्यक्ष तिलबहादुर कार्कीले संस्थामा जम्मा ५७ जना बालबालिका रहेका र आफूहरुले विभिन्न दाताहरूको सहयोगमा उनीहरूको पालन पोषणा तथा शिक्षा प्रदान गरिरहेको जानकारी दिए । साथै उनले गायिका मेलिनालाई आर्थिक सहयोगको लागि धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्