Logo
Logo

नरसिंह विष्ट हत्या प्रकरणः वर्तमान र निवर्तमान वडाध्यक्ष पक्राउ


2.9k
Shares

काठमाडौं । दार्चुलामा एक पुरुषको हत्या आरोपमा दुई वडाअध्यक्ष पक्राउ परेका छन् । जिल्लाको ब्याँस गाउँपालिका–४ डोकटका ४० वर्षीय नरसिंह विष्टको हत्या प्रकरणको अनुसन्धानमा वर्तमान र निवर्तमान दुई वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको हो ।

मङ्सिर ३ गते रातिदेखि बेपत्ता भएर अर्को दिन हत्या गरिएको अवस्थामा फेला परेका बिस्टको घटनामा अनुसन्धान गर्न गाउँपालिकाका वडाध्यक्ष झुनसिंह विष्ट, पूर्व वडाध्यक्ष संग्रामसिंह विष्टलाई प्रकाउ गरेको हो । उनीहरुसँगै अन्य एक जना पनि पक्राउ परेका छन् ।

बुधबार उनीहरूलाई नियन्त्रणमा लिई सोधपुछका लागि ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । ४० वर्षीय विष्ट मङ्सिर ४ गते घरभन्दा अलि टाढा खोल्सामा मृत अवस्थामा फेला परेका थिए ।

विष्टको शरीरमा चोटपटक लागेको थियो । जिल्ला सदरमुकाम खलंगाको महाकाली नगरपालिका–४ स्थित होटेल चलाउँदै आएका विष्ट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न मङ्सिर ३ गते दिउँसो खलङ्गाबाट घर गएका थिए ।

प्रतिक्रिया दिनुहोस्