Logo
Logo

वर्षमान पुनको क्वारेन्टिनमा उपचार सुरु


1.6k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’को उपचार सुरु गरिएको छ । पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालको क्वारेन्टिनमा उपचार सुरु गरिएको हो ।

चौथौ लहरको कोरोना महामारीका कारण चीनभर कडा लकडाउन छ । पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन् ।

चुनावी धपेडीका कारण रोग बल्झिएपछि उनी नेपाली चिकित्सकहरुको परामर्शमा शुक्रबार फलोअप उपचारका लागि दुवई, ग्वान्झाओ हुँदै सेन्जेन प्रस्थान गरेका थिए ।

पुन पत्नीसमेत रहेकी पूर्वसभामुख ओनसरी घर्तीले स्वास्थ्यमा सामान्य सुधार भएको जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्