Logo
Logo

कांग्रेसले बोलायो कार्यसमितिको बैठक, यस्ता छन् एजेण्डा


693
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक शनिबार दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार निर्वाचनको समीक्षा गर्न, सत्ता गठबन्धन र भावी सरकारको रणनीतिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यलाई बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्