Logo
Logo

काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ


2.6k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–१६, पकनाजोलस्थित सुरज तामाङले सञ्चालन गरेको काठमाडौं भिल्ला एन्ड बारको पहिलो तलाको अपार्टमेन्टभित्र जुवातास खेलिरहेको अवस्थामा नौजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका–८ घर भएकी २९ वर्षीया सोनु तामाङसहित नौ जना छन् ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई नगद ६९ हजार ६०० रुपैयाँ र तीन बुक ताससहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्