Logo
Logo

आप्रवासी कामदारको मृत्युप्रति फिफाद्वारा दुःख व्यक्त


882
Shares

काठमाडौं । कतारमा जारी विश्वकपका दौरान आप्रवासी कमदारको मृत्यु भएको खबर सार्वजनिक भएपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘गहिरो शोक’ व्यक्त गरेका छ ।

द एथलेटिकले सार्वजनिक गरेको रिर्पोटअनुसार साउदी अरेबियाको टिमले प्रशिक्षणका लागि आधार बनाएको रिसोर्टको मर्मत गर्ने क्रममा एक फिलिपिन्सका कामदारको मृत्यु भएको थियो ।

तर, यसमा फिफाले अन्य कुनै जानकारी नदिई यो एक दुर्घटनामात्र भएको जनाएको छ । यद्यपि, फिफाले घटनाबारे विस्तृत विवरणका लागि स्थानीय सरोकारवाला निकायसँग जानकारी मागिरहेको बताएको छ ।

“फिफा यो दुःखद खबरप्रति गहिरो शोक व्यक्त गर्छ । र, निधन भएका कामदारको परिवारप्रति सहानुभूति व्यक्त गर्दछ । कामदारको मृत्युसम्बन्धी प्रक्रिया पूरा भएपछि फिफा यसबारे थप जानकारी सार्वजनिक गर्नेछ,” फिफाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विश्वकप सुरु हुनुअघि पनि कतारले आप्रवासी कामदारप्रति गरेको व्यवहारका कारण चर्को आलोचनाको सामना गर्नुपरेको थियो । ‘द गार्जियन’ सार्वजनिक गरेको रिर्पोटमा विश्वकपका लागि रंगशाला तयार गर्नेक्रममा ६ हजार ५०० आप्रवासी कमदारको मृत्यु भएको खुलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्