Logo
Logo

एमालेको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा


882
Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका एजेण्डामा छलफल हुने एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिक सांसदको नाम पठाउन भनेको छ । आयोगको पत्रअनुसार समानुपातिक सूचीमा राखेका ११० नाम मध्येबाट ५ क्लस्टरमा नामहरू छुट्याएर पार्टीको निर्णयसहित निर्वाचन आयोगलाई पठाउनुपर्नेछ । त्यसका आधारमा आयोगले समानुपातिक सांसद निर्वाचित भएको घोषणा गर्नेछ ।

समानुपातिकमा छानिने ३४ जनामध्ये एमालेले बन्दसूचीमा रहेकाबाट १९ जना महिला पठाउनुपर्ने छ । त्यसबाट बाँकी रहेका पुरुष पर्नसक्छन् ।

प्रतिक्रिया दिनुहोस्