Logo
Logo

चन्दा उठाएको २ वर्षपछि बतास समूहले दियो अस्पतालमा अक्सिजन प्लान्ट


3k
Shares

पोखरा । बतास अर्गनाइजेसनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । बतासले कोभिड महामारीका बेला अक्सिजन प्लान्ट खरिदका लागि चन्दा उठाएको थियो ।

कोरोनाकालमा प्लान्ट ल्याउन नसकेको बतासले चन्दा उठाएको दुई वर्षपछि अस्पतालमा प्लाण्ट हस्तान्तरण गरेको हो । बतास फाउन्डेसनले सुरुमा उच्च क्षमताको अत्याधुनिक अक्सिजन प्लान्ट ल्याउने जनाएको थियो । सहयोग संकलन महाअभियानबाट तीन करोड ४५ लाख १७ हजार पाँच सय ५५ रुपैयाँ संकलन भएको थियो ।

त्यसमा बतास फाउन्डेसन र बतास अर्गनाइजेनसबाट ५५ लाख राखिएको फाउन्डेसनले जनाएको छ । निर्धारित समयभन्दा निकै ढिलो प्लान्ट ल्याउकोमा बतास फाउन्डेसनले क्षमा मागेको छ । ‘निर्धारित समयभन्दा निकै ढिलो मात्र प्लान्ट हस्तान्तरण गर्न सकेकोमा भने हामी क्षमा प्रार्थी छौं,’ फाउन्डेसनका प्रवक्ता नारायण पौडेलले भने, ‘२०७८ जेठमा नै फ्रान्समा प्लान्ट खरिद गरिसकेका थियौं । तर, अघिल्लो सरकार कार्गो कम्पनी र आयातकर्ताबिचको असमझदारीका कारण प्लान्ट ल्याउन ढिलाइ भयो ।’

पछिल्लो समयमा भने रुस–युक्रेन युद्धका कारण कार्गो ढुवानीमा समस्या आउँदा ढिलो भएको उनले बताए । एयर कार्गोबाट ढुवानी गर्ने सम्झौता भए पनि ल्याउन सम्भव नभएपछि जल तथा स्थल मार्गबाट ल्याइएको पौडेलले बताए । प्लान्ट खरिद र अभियान सन्चालनका लागि पोखराका पूर्वमेयर मानबहादुर जिसीको सम्रक्षकत्वमा बतास अर्गनाइजेसन तथा फाउन्डेसनका अध्यक्ष आनन्दराज बतास संयोजक बनेर काम गरेका थिए ।

प्लान्टले दैनिक एक सय ५० सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने बताइएको छ । अस्पतालले आवश्यक पूर्वाधार निर्माण भएपछि प्लान्ट जडान गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्