Logo
Logo

तानसेन-रिडी सडक दैनिक १० घण्टा बन्द


4.6k
Shares

बुटवल । तानसेन–रिडी सडक खण्ड आगामी १छ दीन दैनिक १० घण्टा बन्द हुने भएको छ । यस सडक खण्डको सिरुखर्क, माल्मुल क्षेत्रमा चौडा गर्नका लागि विहीबारदेखि सडक बन्द गरिएको हो ।

मंसिर २२ गतेदेखि पुस ७ गतेसम्मका लागि दैनिक १० घण्टाका दरले १५ दिनसम्म सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । सडक डिभिजन कार्यालय पाल्पाले एक सूचना जारी गर्दै सडक चौडा गर्नुपर्ने भएकाले बाटो बन्द गरी सडक निर्माण कार्य गरिने जनाएको छ । सडक निर्माणको समय बिहान ५ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र बेलुका ६ बजेदेखि ९ बजेसम्म सडक बन्द रहने छ ।

उक्त क्षेत्रमा सडक बन्द रहे पनि यो सडक खण्ड हुँदै गुल्मी, बागलुङ्ग, अर्घाखाँची जाने आउने साना सवारी साधन भने लुहुङ्ग –बतासेडाँडा भएर चल्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्