Logo
Logo

चोलेन्द्र प्रकरण : महाअभियोग निष्क्रिय पत्रविरुद्धको रिटमा सुनुवाई सुरु


819
Shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्रविरुद्ध सुनुवाई सुरु भएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले दिएको पत्रविरुद्धको रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाई सुरु भएको हो ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेका छन् ।

सुरुमा अधिवक्ता टीकाराम भट्टराईले बहस सुरु गरेका छन् । त्यसपछि सर्वोच्च अदालत बार एसोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले बहस गर्नेछन् । त्यसपछि नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बहस गर्नेछन् । त्यस्तै यस सुनुवाइमा बद्रिबहादुर कार्की र शम्भु थापासहित ५ जनाले बहस गर्नेछन् ।

सर्वोच्च बारका अध्यक्ष शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, कोषाध्यक्ष विनोदकुमार कार्की तथा सदस्यहरु विकास भट्टराई, अनन्तराज लुइँटेल, दीपनारायण साह, अमिता गौतम र रामहरि त्रिपाठीले बुधबार उक्त माग राख्दै रिट दायर गरेका थिए ।

रिट निवेदनमा आर्थिक अनियमितता, कार्यक्षमताको अभाव, खराब आचरणलगायतका आरोप लगाई राणाविरुद्ध महाअभियोग प्रस्ताव पेस गरी निलम्बन गरिएको तर संसदका महासचिवले पत्र लेख्दैमा महाअभियोग प्रस्ताव निष्क्रिय नहुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्