Logo
Logo

नेइमारलाई आज पेलेको सर्वाधिक गोलको बराबरी गर्ने मौका


2.7k
Shares

दोहा । कतारमा जारी विश्वकपअन्तर्गत शुक्रबार राती क्रोएसियाविरूद्ध हुने क्वाटरफाइनलका लागि पाँच पल्टको विश्व च्याम्पियन ब्राजिलले तयारी पुरा गरेको छ ।

चोटबाट फर्किएका नेइमारको खेल आजका लागि विशेष हुनेछ। किनभने उनी आफ्ना देशका महान खेलाडी पेलेको सर्वाधिक गोलको कीर्तिमानबाट एक गोलले मात्र पछाडि छन् ।

पेलेले ब्राजिलका लागि अहिलेसम्म सर्वाधिक ७७ गोल गरेका छन् । नेइमारको नाममा ७६ गोल छ। क्रोएसियाविरूद्ध आज हुने क्वाटरफाइनल खेलमा उनले गोल गरेको खण्डमा पेलेको कीर्तिमानको बराबरी हुनेछ । पेलेले ९२ खेलमा ७७ गोल गरेका थिए । उनको उत्कृष्ट खेलमा ब्राजिलले तीन पल्ट विश्वकप उपाधि जितेको थियो ।

नेइमार आफ्नो उपस्थितिमा ब्राजिललाई विश्वकप दिलाउने अभियानमा सक्रिय छन् । उनले १ सय २३ खेलमा ७६ गोल गरेका छन् । पेले हाल अस्वस्थ छन् । उनको स्वास्थ्यको कामना गर्दै ब्राजिलका खेलाडीले प्रिक्वाटर फाइनलमा दक्षिण कोरियालाई पराजित गरेपछि मैदानमा ब्यानर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्