Logo
Logo

मणिपाल अस्पतालको तेस्रो तलबाट खसेर एक महिलाको मृत्यु


1.3k
Shares

कास्की । पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालको तेस्रो तलाबाट खसेर एक महिलाको ज्यान गएको छ ।

बिरामी भेट्न गएकी पोखरा महानगरपालिका १८ सराङकोट घर भएकी ६५ वर्षकी धनसरी घर्ती मगरको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

मुटुको समस्या भएर उपचाररत छोरी पूर्णकुमारी घर्तीको हेरचाहका लागि अस्पताल गएको बेला छतबाट खसेर उनको मृत्यु गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्