Logo
Logo

माओवादीको पदाधिकारी बैठक आज पनि बस्दै


2.7k
Shares

काठमाडौं ।नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । समानुपातिक सांसदको नाम टुंगो लगाउन हिजो(शुक्रबार) बसेको पदाधिकारी बैठक समानुपातिक सांसद नटुंग्याइ सकिएपछि बैठक आज पनि बस्न लागेको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो बसेको पदाधिकारी बैठक समानुपातिक सूचीका विषयमा पुनः छलफल गर्ने गरी सकिएको थियो । समानुपातिक सूचीका विषयमा सरोकारवाला निकाय र कानुन विद्हरुसँग छलफल गरेर आज टुंगो लगाइने सचिव लीलामणि पोखरेलले जानकारी दिए ।

माओवादीले मंसिर ४ गते भएको निर्वाचनमा प्रत्यक्षतर्फ संघमा १४ र प्रदेशमा कुल २९ सिट पाएको छ । समानुपातिक सांसदको सूची आज ४ बजेभित्र निर्वाचन आयोगमा पेस गर्नुपर्ने समय तालिका छ । सदस्यहरूको अनिवार्य उपस्थितिका लागि आयोगले निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्