Logo
Logo

कांग्रेसमा समानुपातिक सांसद छान्ने जिम्मा देउवालाई


1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसमा समानुपातिक सांसदको नाम टुंगो लगाउने जिम्मा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइएको छ ।

शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुरुष तर्फको समानुपातिक सांसदहरूको नाम टुंगो लगाउन नसकेपछि देउवालाई नै नाम टुंगो लगाउन विशेष अधिकार दिइएको हो ।

कांग्रेसले प्रनिनिधिसभाबाट ३ तथा प्रदेशबाट ४ जना पुरुषलाई समानुपातिक सांसद चन्दै छ । आज नाम टुंगा लगाएर निर्वाचन आयोगमा बुझाउनुपर्ने भएका देउवा कार्यसम्पादन समितिको बैठकलगत्तै आफ्ना निकटका पदाधिकारीसँग छलफलमा जुटेका छन् ।

निर्वाचन आयोगले दलहरूलाई आज अपरान्ह चार बजेसम्ममा समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्