Logo
Logo

कांग्रेसले छान्यो ३२ जना समानुपातिक सांसद (नामसहित)


14.6k
Shares

काठमाडौं । कांग्रेसले प्रतिनिधिसभातर्फका ३२ जना समानुपातिक सांसद चयन गरेको छ । संघीय संसद्मा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व अनिवार्य भएकाले कांग्रेसले समानुपातिकबाट तीन जना पुरुषलाई मात्र सांसद बनाउने निर्णय गरेको छ ।

कांग्रेसले खसआर्यकाे पहिलो नम्बर रहेका डा. प्रकाशशरण महत, मधेसीकाे पहिलो नम्बरमा रहेका विमलेन्द्र निधि र दलितकाे पहिलो नम्बरमा रहेका जीवन परियारलाई सांसद बनाउने निर्णय गरेको छ।

कांग्रेसले खस-आर्य महिलाबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला, कान्तिका सेजुवाल र मैना रावल कार्कीलाई सांसद बनाउने निर्णय गरेको छ ।

आदिवासी जनजातिबाट सरस्वती बजिमय, लीलादेवी बाखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापा मगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठ र रेनुका काउचा सांसदमा निर्वाचित हुनेछन् ।

यस्तै मधेसी कोटाबाट नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी र संगीता मण्डल सांसद बन्ने भएका छन् । दलितबाट महासनाई नेपाली, शान्ति विक, रूपा विक र सीता मिजार सांसदमा निर्वाचित हुने भएका छन् । मुस्लिमतर्फ कम्तीमा एक जनाको प्रतिनिधित्व गर्दा जावेदा खातुन सांसद बन्ने भएका छन् । थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेतलाई सांसद बनाउने कांग्रेसले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्