Logo
Logo

प्रधानमन्त्री र गृहमन्त्री दुवैका श्रीमती समानुपातिकबाट सांसद


41.7k
Shares

मञ्जु खाँण र आरजु देउवा

काठमाडौं । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ सिट जितेको नेपाली कांग्रेसले ३२ सिट समानुपातिक तर्फबाट पाएको छ ।

समानुपातिकमा पाएको ३२ मध्येमा २९ जना महिला र ३ जना पुरुषको नाम सिफारिस गर्नुपर्ने बाध्यतामा रहेको कांग्रेसले समानुपातिकतर्फको नाम टुङ्गो लगाएको छ । तर, समानुपातिकबाट सांसद बन्नेहरूमा पहुँचवाला महिला नै रहेका छन् ।

प्रत्यक्षबाट केही मात्र महिला निर्वाचित भएको र संघीय संसदमा ३३ प्रतिशत महिला पुर्याउनुपर्ने भएकाले कांग्रेसले २९ जना महिलाको नाम सिफारिस गर्नुपर्ने भएको हो ।

यसरी कांग्रेसले सिफारिस गरेको २९ महिलामा प्रधानमन्त्री शेरबहादुर देउवाका श्रीमती आरजु देउवा राणा र गृहमन्त्री बालकृष्ण खाँणका श्रीमती मञ्जु खाँणको नाम पनि परेको छ ।

कांग्रेसले खस आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावललाई छानेको छ ।

आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी वोखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठको नाम टुंगो लागेको छ ।

त्यसैगरी, दलितबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन भएका छन् भने मधेसीबाट नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल छानिएका छन् ।

त्यसैगरी, मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत समानुपातिबाट सांसदका लागि छानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्