Logo
Logo

समानुपातिक व्यवस्थाको दुरुपयोग, प्रभावशाली नेतादेखि नेताका श्रीमतीसम्म सांसद


24.7k
Shares

काठमाडौं । राज्यको मूल प्रवाहसम्म पुग्न नसकेका जाति, वर्ग, लिङ्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको हो । तर, समानुपातिक प्रतिनिधित्व पनि पहुँचवालाकै कब्जामा परेको छ ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ सिट जितेको नेपाली कांग्रेसले ३२ सिट समानुपातिकतर्फबाट पाएको छ । समानुपातिकमा पाएको ३२ मध्येमा २९ जना महिला र ३ जना पुरुषको नाम सिफारिस गर्नुपर्ने बाध्यतामा रहेको कांग्रेसले समानुपातिकतर्फको नाम टुङ्गो लगाएर निर्वाचन आयोगमा बुझाएको छ । तर, समानुपातिकबाट कांग्रेसले पाएको सांसद पहुँचवालाहरूले कब्जा गरेका छन् । 

प्रत्यक्षबाट केही मात्र महिला निर्वाचित भएको र संघीय संसदमा ३३ प्रतिशत महिला पुर्याउनुपर्ने बाध्यात्मक व्यवस्था भएकाले कांग्रेसले २९ जना महिलाको नाम सिफारिस गर्नु परेको हो । 

यसरी कांग्रेसले सिफारिस गरेको २९ महिलामा प्रधानमन्त्री शेरबहादुर देउवाका श्रीमती आरजु देउवा राणा र गृहमन्त्री बालकृष्ण खाँणका श्रीमती मञ्जु खाँण सहित प्रभावशाली महिलाको नाम परेको छ । 

पाएको ३२ मध्ये २९ जना महिलाको नाम सिफारिस गरेको कांग्रेसले तीन जना पुरुषको नाम सिफारिस गरेको छ ।  तीन पुरुषमा पनि कांग्रेसले प्रभावशाली नेताहरूको नाम नै सिफारिस गरेको हो ।

कांग्रेसले सचिव जीवन परियार, केन्द्रीय सदस्य तथा प्रवक्ता प्रकाशशरण महत र केन्द्रीय सदस्य बिमलेन्द्र निधिलाई समानुपातिकबाट सांसद बनाएको छ । 

महत खस आर्य, निधि मधेशी र परियार दलित कोटाबाट समानुपातिक सांसद बनाउन कांग्रेसले निर्वाचन आयोगलाई सिफारिसमा परेका हुन् । 
परियार सचिव नै भए पनि निधि र महत जति प्रभावशाली नेता भने होइनन् । तर, महत र निधि भने धेरै पटक मन्त्रीसमेत भइसकेका कांग्रेसका प्रभावशाली नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्