काठमाडौं । शनिबार काठमाडौं महानगरपालिका–१५ हलचोकमा भएको दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ ।
ग.२ ख ६१० नम्बरको कन्टेनरले बा.प्र.–०२–०२२ प १८१२ नम्बरको स्कुटरलाई शनिबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक पर्सा वीरगंज उपमहानगरपालिका–११ घर भएका ४५ वर्षीय सुवास खतिवडाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हलचोक पछिल्लो समय अत्याधिक दुर्घटना हुने सडक खण्ड बनेको छ ।