Logo
Logo

धरानका अग्रज पत्रकार श्रेष्ठ सम्मानित


882
Shares

धरान । अग्रज पत्रकार आनन्द श्रेष्ठ ‘चन्द्र स्मृति पुरस्कार’द्धारा सम्मानित भएका छन् । ‘सिद्वि नेवा परिषद’ धरानको १६औं साधारणसभामा अग्रज पत्रकार श्रेष्ठलाई यस वर्षको चन्द्र स्मृति पुरस्कार प्रदान गरिएको हो ।

सुनसरी क्षेत्र नम्बर १ को प्रदेशसभा (क) बाट निर्वाचित सांसद रमेश बस्नेतले शनिबार आयोजित सभामा २१ हजार राशी सहित ‘चन्द्र स्मृति पुरस्कार’ प्रदान गरे ।

तीन दशक अघिदेखि धरानमा रहेर पत्रकारिता गर्दै आएका श्रेष्ठले प्रेस काउन्सिल पत्रकारिता पुरस्कार समेत पाइसकेका छन् ।

उक्त कार्यक्रममा धरानका विद्यालय र क्याम्पसहरूमा अध्ययनरत नेवार समुदायका जेहेन्दार २२ जना छात्रछात्राहरूलाई १०–१० हजार नगदसहित पुरस्कारहरू प्रदान गरिएको थियो ।

सम्मानित श्रेष्ठ दृष्टिन्यूजका सुनसरी संवाददाता हुन्।

प्रतिक्रिया दिनुहोस्