Logo
Logo

समानुपातिक सांसदको नामावलीमाथि छानविन सुरु


630
Shares

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदहरुको सूची सच्याउन दलहरुलाई दुई दिनको समय दिएको छ ।
आयोगले राजनीतिक दलहरुले बुझाएको समानुपातिक सिद्धान्त र क्लस्टरअनुसार नमिलेको नाम सच्याएर बुझाउन सोमबारसम्म समय दिएको छ ।

आयोगको तालिका अनुसार दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए । दलहरुले बुझाएको नामावलीमाथि आयोगले छानबिन गरेर प्रमाणित भएपछि मात्रै मान्यता पाउने छ । निर्वाचन आयोगका अनुसार नामावलीमा आजैबाट छानबिन सुरु भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

बन्दसूचीभित्रैबाट नाम परे/नपरेको र महिला, अल्पसंख्यक तथा पिछडिएका वर्गको प्रतिनिधित्व भए÷नभएको छानबिन गरिने आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार २९ मंसिरमा राष्ट्रपतिलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सबै परिणामको प्रतिवेदन बुझाउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्