Logo
Logo

उदयपुरमा १२० किलो गाँजा बरामद


756
Shares

काठमाडौं । उदयपुरमा १२० किलो गाँजा बरामद भएको छ ।

कटारी नगरपालिका ६ साँगुरीबाट शनिबार झण्डै १ सय २० किलो अवैध लागु औषध बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरूले बोकी ल्याएका ६ बोरा अवैध गाँजा फ्याँकेर फरार भएपश्चात् जाँच गर्ने क्रममा उक्त गाँजा बरामद भएको हो । हाल फरार अपरिचित व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्