Logo
Logo

धनुषामा धारिलो हतियार प्रहार गरी महिलाको हत्या, एकजना पक्राउ


441
Shares

काठमाडौं । धनुषाको बटेश्वर गाउँपालिकामा घरमै सुतिरहेको अवस्थामा एक महिलाको हत्या भएको छ।

बटेश्वर-५ शान्तिपुरकी २७ वर्षीया रितादेवी यादवको राती सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।

धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार आइतबार राति ११ बजेको समयमा धारिलो हतियार प्रहार गरी रितादेवीको हत्या भएको हो । हत्या गरेको आशंकामा श्रीमान् वीरेन्द्र यादवलाई नियन्त्रणमा लिएको डीएसपी क्षेत्रीले जानकारी दिए।

गम्भीर घाइते ​भएकी रितादेवीलाई वीरन्द्रले उपचारका लागि भन्दै अस्पताल पुर्‍याएका थिए। अस्पताल पुग्नु अघि नै रितादेवीको मृत्यु भइसकेको अस्पताललाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ। घटनाबारे अनुसन्धान भइरहेको डीएसपी क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्