Logo
Logo

सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घट्यो


504
Shares

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदीको भाउ सामान्य घटेको छ। बिहेको सिजनको महिना मंसिर लागेसँगै निरन्तर बढेको सुनको भाउ आज (सोमबार) प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा छापावाल सुनको भाउ ३ सय रुपैयाँले घटेर प्रतितोला एक लाख २ सय रुपैयाँम कारेबार भइरहेको छ । यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा आइपुगेको छ।

सोमबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्