Logo
Logo

रेशम छुट्ने हल्लापछि डिल्लीबजार कारागार अगाडी कार्यकर्ताको भिड


1.2k
Shares

काठमाडौं । हत्या अभियोगमा जेल जिवन बिताइरहेका रेशम चौधरीको स्वागतका लागि डिल्लीबजार कारागार अगाडी कार्यकर्ताको भिड लागेको छ ।

चौधरी छुट्ने हल्ला चलेपछि नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ता कारागार अगाडि फुलमाला लिएर उपस्थित भएका हुन् । सरकारले आइतबार थरुहट आन्दोलन, नेकपा विप्लवलगायत राजनीतिक पार्टीका नेता कार्यकर्तालाई छुटाउन अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

सरकारको उम्त निर्णयलगत्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टी सरकारमा सामेल हुने र रेशम चौधरी कारागारबाट छुट्ने प्रतिक्रिया मिडियालाई दिएकी थिइन् ।

चुनाव सकिएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कारागारमै गएर चौधरीलाई भेटेका थिए ।

उनीहरूले नयाँ बन्ने सरकारमा नागरिक उन्मुक्ति पार्टीलाई सहभागी हुन आग्रह गरेका थिए । जवाफमा चौधरीले थरुहट आन्दोलनमा सहभागीमाथि लगाइएको मुद्दा खारेज र आममाफी दिनुपर्ने प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्